१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

ग्लोबल डेरीका संचालक जनक न्यौपाने रास्वपाको समानुपातिक सूचीमा



कपिलवस्तु ।

पाल्पा जिल्लाको स्थायी ठेगाना भएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता जनक न्यौपाने राष्ट्रिय राजनीतिमा उदाउँदै गरेका व्यक्तित्वका रूपमा देखिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समानुपातिक सूचीमा परेपछि पाल्पा र कपिलवस्तु जिल्लामा खुसीयाली छाएको छ।

व्यवसायिक क्षेत्रमा न्यौपानेले स्थापना तथा नेतृत्व गरिरहेको ग्लोबल डेरी प्रा। लि। ले कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा शाखा विस्तार गरिसकेको छ। डेरी उद्योगमार्फत करिब २० हजार किसानसँग प्रत्यक्ष रूपमा जोडिएर काम गरिरहेका उनले ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका छन्। किसानमुखी सोच र दीर्घकालीन योजनाका कारण उनी धेरै किसानका लागि अभिभावकसरह बनेका छन्।

स्थानीय तहमा सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेले पार्टी संगठन विस्तारमा समेत महत्वपूर्ण भूमिका खेलेको रास्वपाका स्थानीय नेताहरू बताउँछन्। विशेषगरी पाल्पा जिल्लाबाट समानुपातिक सूचीमा पर्नुले पार्टी संगठनलाई थप मजबुत बनाएको उनीहरूको भनाइ छ।

व्यवसाय र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएका न्यौपानेको प्रभाव कपिलवस्तु लगायतका जिल्लामा समेत देखिएको छ। डेरी उद्योग तथा औद्योगिक विकासमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन उनले खेलेको भूमिकालाई स्थानीयवासीहरूले सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।

प्रकाशित मिति : ६ माघ २०८२ मंगलबार ००:००  ८ : ०१ बजे