काठमाण्डौ ।
देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका केही भागमा हुस्सु लागेको छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ भने देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने गरेको छ ।
महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवा प्रभावित हुन सक्ने तथा लामो/छोटो दूरीको गाडीका चालकलाई पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाण्डौमा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको थियो । हिजोको तुलनामा काठमाण्डौमा आज चिसो केही बढेको छ ।







प्रतिक्रिया