रुकुमपश्चिम। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिममा विभिन्न १२ राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसपटकको निर्वाचनलाई जिल्लाको राजनीतिक विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
साबिक माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आउनुभएका पूर्वमन्त्री जनार्दन शर्मा यसपटक नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्नुभएको छ। लामो समयदेखि जिल्लामा स्थापित राजनीतिक विरासत जोगाउनु शर्माका लागि मुख्य चुनौती बनेको छ।
सो विरासतलाई भत्काउने होडमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरका अनुसार नेपाली कांग्रेसबाट राजु केसीको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि समेत रहनुभएका केसीले परिवर्तन र नयाँ राजनीतिक नेतृत्वको एजेन्डा अघि सार्नुभएको छ।
नेकपा ९एमाले० बाट जिल्ला अध्यक्ष नन्दराम देवकोटा उम्मेदवार हुनुहुन्छ। देवकोटा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा रहनुभएको थियो। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा उम्मेदवार बन्नुभएको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मानबहादुर शाही, नेकपा ९माओवादी० को तर्फबाट चन्द्रबहादुर बुढा, उज्यालो नेपाल पार्टीको तर्फबाट नरेन्द्र केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्काले उम्मेदवारी दिएका दिनुभएको छ।
राष्ट्रिय जनमोर्चाका सत्य नारायण श्रेष्ठ, नेकपा ९संयुक्त० का शेरबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक र आम जनता पार्टीका प्रेमा परियार नेपालीले पनि मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







प्रतिक्रिया