२५ माघ २०८२, आइतबार | Mon Feb 9 2026

संसद् पुनस्स्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्च अदालतमाथि दबाब बढाउँदै कांग्रेस र एमाले



काठमाडौँ ।
संसद् पुनस्स्थापनाको मुद्दा छिटो निरुपण गर्न सर्वोच्च अदालतमाथि कांग्रेस र एमालेले दबाब बढाएका छन्। निर्वाचनको समय आउनैलाग्दा पनि अदालतले उदासीनता देखाएको भन्दै उनीहरूले प्रधानन्यायाधीशलाई नै भेटेर ध्यानाकर्षण गर्दैछन्।

काठमाडौंमा उपलब्ध कांग्रेस र एमालेका सांसदले बिहान ११ बजे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर ध्यानाकर्षण गराउने कांग्रेसका निवर्तमान प्रमुख सचेतम श्यामकुमार घिमिरेले जानकारी दिए। मंगलबार संसद पुनस्स्थापना भए के होला भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार गरेपछि अदालतले माघ २० गते सामान्य तारेख मात्र राखिएको तर पेशी नतोकिएको भन्दै स्पष्टीकरण दिनुपरेको थियो।

संसद पुनस् स्थापनासम्बन्धी १७ रिट एकसाथ राखेर संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ। पुुस ९ गतेयता मुद्दाको पेसी नै तोकिएको छैन। कांग्रेसमा आएको विभाजन र भदौ २३ र २४ गतेको घटना निर्वाचनको मुख्य एजेण्डा बन्दा एमाले पनि प्रतिनिधिसभा पुनस्स्थापनाका लागि दबाब दिन फेरि सक्रिय भएका हुन् ।

केही दिनअघि मात्र एमाले अध्यक्ष ओलीले निर्वाचनको वातावरण नबनेको भन्दै फेरि सडकमा आउनसक्ने आशयका अभिव्यक्ति दिएका थिए। पछिल्लो केही दिनयता काठमाडौंको माइतीघर मण्डलामा युवाहरुका समूह संसद पुनस्स्थापनाको मागसहित भेला हुन थालेका छन्।

प्रकाशित मिति : १५ माघ २०८२ बिहिबार ००:००  ८ : ५० बजे