१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

लुम्बिनी प्रदेशको नाइट बस मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा दुर्घटना



काठमाडौं ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो ।

लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२ शुक्रबार ००:००  १० : ०४ बजे