१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

आज कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना



काठमाण्डौ ।

आज कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ती क्षेत्रका एक/दुई ठाउँमा छिटपुट वर्षाको पनि हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । तराइका धेरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ । देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गएको मङ्गलबार र बुधवार देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातले प्रभावित भएको जनजीवन भने सामान्य बनेको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले धेरै ठाउँमा घाम लागे पनि बिहान बेलुका भने चिसो नै रहेको हुँदा जोगिन आग्रह गर्नुभएको छ । काठमाण्डौमा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८२ शनिबार ००:००  ८ : ४९ बजे