काठमाण्डौ ।
मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।
जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य चुनावका लागि ६३ जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भैसकेको छ ।
एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । अहिलेसम्म १५ हजार ३ सय ७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।
दैनिक एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ ।







प्रतिक्रिया