काठमाण्डौ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी–३ टुनीपोखरीमा स्थानीयबासिन्दाले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो ।
घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका क्रममा हिजो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो ।
चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ ।







प्रतिक्रिया