१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

रामेछाप दुर्घटनाः घाइते भएका मतदान अधिकृतको मृत्यु



रामेछाप ।
रामेछापमा सोमबार दिउँसो भएको दुर्घटनाका घाइते भएका मतदान अधिकृतको मृत्यु भएको छ । मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटार मतदान केन्द्रको रुद्राक्षश्वर माध्यामिक विद्यालय ‘ख’ मतदान केन्द्रका लागि खटिएका थिए।

सो दुर्घटनामा दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। रामेछाप नगरपालिका २ स्थित सिरुबारीमा मन्थलीबाट मतदान केन्द्र कालिका देवी मावि र देउराली माविको निर्वाचन सामग्री लिई कर्मचारीसहित जाँदै गरेको सवारीसाधन सडकबाट करिब दुई सय मिटर तल झरेको थियो। दुर्घटनामा घाइते भएका अन्य ६ कर्मचारीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

गाडीमा ११ जना सवार रहेकोमा तीन जना भने हाम फालेर जोगिएका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२ सोमबार ००:००  ८ : २७ बजे