२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

स्वस्थ्य बीमालाई सहज बनाउन लागिपरेका छौँ- मन्त्री मेहता



काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको बताएकी छिन्। 

सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाई सप्ताह’ आरम्भ गर्ने क्रममा स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य बीमालाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृहकार्य भइरहेको जानकारी दिइन्। उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ। 

सरकारले चाँडै नै नागरिकलाई सहज हुनेगरी नयाँ व्यवस्था सार्वजनिक गर्ने उहाँले बताए। 

‘स्वास्थ्य बीमा अलिकति पेचिलो छ। यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ। वर्कआउट भइरहेको छ’, उनले भनिन्, ‘चाँडै नै थाहा पाउनुहुन्छ। हामी कसरी यसलाई सहज गर्नसक्छौँ भनेर।’ 

हाल स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह, दाबी भुक्तानी समस्या र नागरिक पहुँचमा कमजोरी लगायतका विभिन्न गुनासा उठिरहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३ सोमबार ००:००  १ : ३२ बजे