१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

सांसदलाई भ्रष्टाचार मुद्दामा विशेष छुट दिने व्यवस्थाप्रति कांग्रेसको प्रश्न



काठमाडौँ : नेपाली कांग्रेसले संसद् नियमावली २५९ मा सांसदलाई भ्रष्टाचार मुद्दामा विशेष छुट दिने व्यवस्थाप्रति प्रश्न उठाएको छ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले संवैधानिक परिषद् अध्यादेशले संविधानको मर्म लत्याएको र संवैधानिक परिषद्का निर्णय प्रक्रियामा असन्तुलन भएको बताए।

‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहने’ विषय पनि प्रतिनिधिसभा नियमावलीमा छ’, उनले भने ‘अर्थात् प्रतिनिधिसभा सदस्यको विशेषाधिकार अन्तर्गत प्रचलित अन्य कानूनले सांसद पद निलम्बन हुने भनेर राखेको प्रावधानलाई काट्ने मनसायले नियम २५९ ल्याएको देखिन्छ।’

प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ। यसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ।

प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए नि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुने’ भनिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३ सोमबार ००:००  ४ : १८ बजे