३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने



काठमाण्डौ । 

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ । 

संसद् सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ । 

आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । 

हिजो दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८३ बुधबार ००:००  ९ : ३४ बजे