८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लेखनाथ घिमिरेको लोक भजन ‘निरगुण गाउछु’ सार्वजनिक



कपिलवस्तुका साहित्यकार एबम लोक गायक लेखनाथ घिमिरेले लोक भजन गीत ‘निरगुण गाउछु’ सार्वजनिक गरेका छन् ।


राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुका प्रवक्ता समेत रहेका घिमिरे लक्ष्मणघाट मा.वि. मा अध्यापन समेत गराउदछन् । उनी साहित्य, लोक विधामा मात्र संलग्न छैनन् विभिन्न सामाजिक संंघ संस्थामा समेत आवद्ध भई काम गर्दै आइरहेका छन् ।


स्थानिय क्षेत्रमा हुने विभिन्न मेला महोत्सव तथा कार्यक्रमहरुमा सानैदेखीनै गीत, कविता, गजल, भावना, मुक्तक लेख्दै वाचन गर्ने घिमिरेले यो भन्दा पहिले देशभक्ति सालैजो गीत हिमाल पहाड तराई वजारमा ल्याइसकेका छन् ।


आफै शव्द रचना गर्ने उनले निरगुण गाउछुमा शव्द मात्र कोरेनन् संगीत समेत आफै भरेका छन । लेखनाथ घिमिरे र सरिता सुनारको आवाजले भरिएको उक्त गीतमा रीता खनालको नृत्य देख्न सकिन्छ । कपिलवस्तुकै उत्कृष्ट धार्मिक एब पर्यटकिय स्थल कैलास आश्रम नन्दनगरमा छांयाकन गरिएको लोक भजनमा स्थानीय बुवा आमा,दाजुभाइ ,दिदी बहिनीहरुकै दृश्यलाई भिडियोमा कैद गराइ आफ्नो क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई देश विदेशमा चिनाउन प्रचार प्रसार समेत गरिएको घिमिरेले मायादेवी अनलाईनलाइ बताए ।


दुर्गा कुमालले छायांकन गरेको भिडियो सम्पादन तथा निर्देशन दिपक परियारले गरेका हुन् । लेखनाथ घिमिरे आफनै युट्युव च्यानल मार्फत बजारमा आएको लोक भजन सुनेर हेरेर प्रतिकृयाको अपेक्षा गरेको घिमिरेले बताएका छन् ।

भिडियो हेर्न यो लिङ्कलाई खोल्नुहोला ।

प्रकाशित मिति : ७ माघ २०७८ शुक्रबार ००:००  ६ : २८ बजे