८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आठौँ डान्स आइडलको मेगा अडिसनबाट १७ जना छनौट, को को परे ?



चन्द्रकान्त न्यौपाने, बाणगंगा ।
दशौँ कपिलवस्तु महोत्सवमा हुने वहुचर्चित कार्यक्रम डान्स आइडलको लागि १७ जना छनोट भएका छन् । छनोट भएका सबैले आठौँ डान्स आइडलको लागि स्टेजमा प्रतिस्पर्धा गर्ने मौका पाउने डान्स आइडल संयोजक वीरेन्द्र खाँणले जानकारी दिनुभयो । शनिबार भएको मेगा अडिसनबाट १३ जना महिला र ४ जना पुरुष छनौट भएका हुन् ।
महिला तर्फ छनौट हुनेमा स्नेहा थापा, कमला रजाली, मेनुका मल्ल, सुनिता चौधरी, बविता घिमिरे, अनुराधा चौरासिया, चाहाना गिरी, सोनी लामिछाने, लविशा घिमिरे, प्रसंसा पाण्डे, जेनी थारु, पुजन मल्ल, आज्ञा शर्मा, संतोष रेग्मी, कृष्टि खड्का रहेका छन् भने पुरुष तर्फ अविरल अधिकारी, शाहिल घिमिरे, संतोष रेग्मी छनौट भएका छन् । सयौँ प्रतिस्पर्धीबाट एक हप्ता लगाएर १७ जना छनौट भएका हुन् ।
उनीहरुलाई विशेष तालिमको व्यवस्था गरेर प्रतिस्पर्धाको लागि तयार पारिने आयोजकले जनाएको छ । छनौट भएकाहरुलाई १७ गते चर्चित रियालिटी शो बुगीउगीका कोरियोग्राफरले विशेष तालिम दिने संयोजक खाँणले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।
आइडलको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएस स्कुटर प्राप्त गर्न सक्ने छन् भने द्धितीय हुनेले १ लाख नगद पुरस्कार प्राप्त गर्ने सक्ने छन् । त्यस्तै तृतीय हुनेले ५० हजार तथा प्रोत्साहन स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  २ : २१ बजे