१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

अनमोल खेल्लान् त बलिउड फिल्म ?



काठमाडौँ ।

नायक अनमोल केसीलाई बलिउड फिल्मको अफर आएको छ।‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोन्डुप अब बलिउड फिल्म निर्देशन गर्दैछन्। उक्त फिल्ममा पेमाले अनमोललाई अफर गरेका छन्। उनले फिल्मको कन्सेप्ट सुन्ने काम भइरहेको छ। तर, फिल्म खेल्ने वा के गर्ने भन्ने विषयमा डिसिजन भने दिइसकेका छैनन्। स्रोतका अनुसार अनमोल ६ महिना ग्याप लिने मनसायमा छन्। अहिले अनमोलको ‘क्याप्टेन’ प्रदर्शनमा छ।

उनको अर्को फिल्म ‘ए मेरो हजुर ३’ चैत अन्तिम साताबाट प्रदर्शनमा आउँदै छ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  १२ : ०८ बजे