८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रदेश ३ सरकारको नीति तथा कार्यक्रम आज



हेटौँडा ।
प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने भएको छ। सरकारका तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार दिउँसो सवा २ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। यो वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुशासन, आर्थिक विकास, प्रदेश गौरवका योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलका अनुसार यो आर्थिक वर्षमा करिब ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिएको छ। त्यसैअनुरूप प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्ने बताइएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ११ : ४७ बजे