७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

लुम्बिनी छोटी भंसारमा आंशिक राजस्व बृद्धि



लुम्बिनी, १० भदोै ।
रुपन्देहीको बन्द नाका कालीदह स्थित लुम्बिनी छोटी भंसार कार्यालयले राजस्व संकलन कार्यमा बृद्धि गरेको छ ।
भन्सार कार्यालयले सार्बजनिक गरेको मासिक तथ्यााक अनुसार गतबर्षको साउन महिनामा चार लाख ३६ हजार दुईसय १४ रुपैया मात्र राजस्व उठेकोमा यस बर्षको साउन महिनामा चारलाख ४५ हजार सात सय ११ रुपैया राजस्व संकलन गरेको बताइएको छ ।
तथ्याँक अनुसार आर्थिक बर्ष ०७४÷०७५ साउनमा भंसार महशूल वापत तीन लाख ९३ हजार, मुल्य अभिबृद्धि कर वापत ५२ हजार रुपैया राजस्व उठेको छ ।
यसैगरि द्वन्दकालमा बन्द भएको कदमहवा, थुम्हवापिपरहवा, सिबलवा लगायत छोटी भंसार कार्यालय पुनः संचालनमा नल्याउदा उक्त बाटोबाट बिना भंसार शुल्क तिरी सरसामान आयात हुदा नेपाल सरकारले ठूलो मात्रामा घाटा ब्यहोर्नु परेको अर्थबिदहरुको भनाई छ ।

प्रकाशित मिति : १० भदौ २०७४ शनिबार ००:००  ३ : ५७ बजे