१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

लाइभ शो मै कुटिए पत्रकार (भिडियोसहित)



एजेन्सी ।
पाकिस्तानको एक टिभी च्यानलका पत्रकार लाइभ शो मै कुटिएका छन्। के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआईका नेता मसरूर अली सियालले पत्रकारलाई कुटपिट गरेका हुन्
उनले बहस चलिरहदा पत्रकारलाई धकेलेर भुइँमा लडाए । त्यसपछि पुन उठाएर गालामा थप्पड हाने । लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि पीटीआईको आलोचना भइरहेको छ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  १ : १२ बजे