१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

श्रृङ्खलाले चढिन् पश्चिम युरोपको अग्लो हिमाल



काठमाडौं ।
मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेकी छन्। उनले मंगलवार फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको सफल आरोहण गरेकी हुन्। श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि नेपालस्थित फ्रान्सेली दूतावासले गरेको छ। नेपाल(फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा पुगेकी हुन्। श्रृङ्खलासँगै भ्लगर सिसम बानियाँ र प्रज्वल थापा मगर पनि ब्लांक हिमालको चुचुरोमा पुगेका छन्। अप्रिलमा २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ। दुई देशबीचको ७० औँ वर्षगाँठ कार्यक्रमकी सद्भावना दूता पनि रहेकी श्रृङ्खला अहिले युरोप यात्रामा छिन्। उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा २०७५ पुसमा सद्भावना दूत नियुक्त गरिएको हो।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  १ : ०१ बजे