१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

भिटेन भए जमानीमा रिहा



ललितपुर ।

भिटेनका नामले चर्चित र्यापर समिर लामा घिसिङ रिहा भएका छन् । हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटेनलाई १३ गते प्रहरीमा हाजिर हुन भनिएको छ ।

भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको भन्दै ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाउने तयारी गरेको थियो ।

उनलाई युट्युबबाट भने गीत हटाउन भनिएको थियो । केही दिनअघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६ शनिबार ००:००  ८ : २० बजे