कपिलवस्तु । वाणगंगा नगरपालिका क्षेत्रमा दैनिक रूपमा निस्कने फोहोरमैला संकलन नहुँदा नगरवासी समस्यामा परेका छन्। गत आइतबारदेखि बजार क्षेत्रका विभिन्न स्थानमा थुप्रिएको फोहोरका कारण क्षेत्र दुर्गन्धित बन्दै गएको छ। घर तथा पसल अगाडि फोहोर थुप्रिँदा दुर्गन्ध फैलिनुका साथै सुख्खा मौसम र हावाहुरीका कारण समस्या अझ बढेको बैरियाका स्थानीय गोपाल श्रेष्ठले मायादेवी अनलाइनलाई बताए। उनका अनुसार,…