मायादेवी अनलाइन, तौलिहवा । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा कपिलवस्तु शाखाले सामाजिक कार्य अन्तर्गत विरामीलाई फलफूल वितरण गरेको छ। सोमबार स्थापना दिवसको अवसरमा कपिलवस्तु अस्पतालका जनरल वार्डमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो। महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले अस्पतालमा उपचाररत विरामीहरुको स्वास्थ्यप्रति सानो सहयोग र हौसला प्रदान गर्ने उद्देश्यले फलफूल वितरण गरिएको…