११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्यललाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ। संसद बैठकलगत्तै सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए। सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो। सभामुखको निर्वाचन आगामी आइतबार हुने तय भएको छ।