मायादेवी अनलाइन, चार नम्बर । इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर आयुश कुमार जोशीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेसंगै पिपराका इन्स्पेक्टरको पनि सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागका अनुसार जोशी यहाँबाट सरुवा भई महानगरीय अपराध महाशाखा टेकु काठमाडौं जानुहुनेछ ।…