मायादेवी अनलाइन, जितपुर । वाणगंगा नगरस्तरीय ‘हिज्जे’ (स्पेलिङ कन्टेस्ट) प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिङ स्कुल राजपुर प्रथम भएको छ । यसैगरी युनाईटेड स्टुडेन्ट्स एकेडेमी द्धितिय भएको छ भने आवर विज्डम मावि बैरिया तृतिय भएको छ । युनाईटेड स्टुडेन्ट्स एकेडेमीको आयोजनामा वाणगंगा नगरपालिका अन्तरगतका निजी विद्यालयहरु बीच नगर स्तरीय स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) गरिएको थियो ।प्रतियोगितामा नगरका १४…