१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

भलवाडमा सहुलियत दरको घुम्ति तरकारी पसल सुरु, यस्तो छ दररेट



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वााणगंगा नगरपालिका वडा नं. ९ जिनुवामा सहुलियत घुम्ति तरकारी पसल संचालनमा आएको छ । कोभिड १९ अर्थात कारोना भाइरसका कारण मुलुक लक डाउनको अवस्थामा हुँदा उपभोक्ताहरुलाई अति आवश्यक उपभोग्य सामानको अभाव सिर्जना भएपछि त्यसमा सहजता दिन सहुलियत दरका घुम्ति तरकारी पसल संचालनमा ल्याइएको हो ।
९ नम्बर वडा कार्यालय भलवाड र कपिलवस्तु उद्योग वाणिज्य संघ ४ नं. को समन्वयमा सहुलियत दरका घुम्ति तरकारी पसल संचालनमा आएपछि उपभोक्तालाई सहज भएको छ । शुक्रबारदेखि सञ्चालनमा आएका पसलले उपभोक्ताहरुलाई ठगिनबाट बचाउने वडाध्यक्ष धुर्व वेल्वासेले जानकारी दिनुभयो ।
अब सो घुम्ती पसलमा आलु प्रती के.जी. ५०, प्याज ६०, गोलभेडा ७०, करेला १ सय ६०, सेमी ७०, मटर कोशा १ सय काँक्रा ५०, काक्रा पहाडी ८०, फूल गोभी ७०, गाजर ५०, बोडी १ सय २०, फर्सि ६०, खुर्सानी १ पाउ ४०, अदुवा १ पाउ ५० गरी तरकारीको मूल्य कायम भएको छ । तरकारी घुम्ति पसल सञ्चालनले धेरै सहजता भएको स्थानीय दुर्गा प्रसाद पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ७ : २३ बजे