बाँके ।दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारु समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ । थारु समुदायको बाक्लो बसोबास रहेका जिल्लाका अधिकांश गाउँमा हरेक दिन साँझ युवायुवती सखिया नाचमा रमाउने गरेका छन् ।…