काठमाण्डौ । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात् झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण लाग्नेछ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । बेलुका ६ बजेर ३…