२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

त्रिभुवन विमानस्थलमा अत्यावश्यक बाहेक भिजिटर पास बन्द

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमणसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । कोभिड–१९ को जोखिमसमेतलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास उपलब्ध नगराइने जनाएको छ । यस्तै, विमानस्थल कार्यालयले अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नजान…