सोलुखुम्बु । मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। शनिबार साँझ घरबाट सल्लेरीतर्फ जाने क्रममा माप्यदूधकोशी गाउँपालिका-५ कागतेमा सोही गाउँपालिका-२ का ३० वर्षीय सुमन राईको ज्यान गएको हो। बा५४प७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार राईको आफैँले ओढेको रेनकोट टायरमा बेरिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले…