काठमाण्डौ । काठमाण्डौमा रहेको वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सङ्क्रमण फैलन थाले पछि अस्पतालले…