८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

लागुऔषध प्रकरणमा कमेडियन भारती सिंहका पति पनि पक्राउ



काठमाण्डौ

भारतीय कमेडियन हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको एक दिनपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबी ले आइतबार उनका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ ।

एनसीबीले शनिबार मुम्बईको अन्धेरीमा रहेको भारती सिंहको घरबाट गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरेको थियो ।

एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले भारती सिंहका पति पक्राउ परेको समाचार एजेन्सी पीटीआईलाई बताएका छन् । एनसीबीका अधिकारीहरुले भारती सिंह र उनका पतिमाथि गाँजा सेवन गरेको आरोपमा पक्राउ गरिएको हो ।

मेडिकल परीक्षणपछि उनीहरुलाई अदालतमा उपस्थित गराइने बताइएको छ । उनीहरुविरुद्ध नार्कोटिक्स एण्ड साइकोट्रोपिक सब्स्ट्यान्स एनडीपीएस अन्तर्गत मुद्दा दर्ता गरिएको छ । यसअघि भारतीय अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउड कलाकार लागुऔषध सेवनको आरोपमा एनसीबीको निसानामा परेका छन् ।

लागुऔषध प्रकरणमा एनसीबीले अभिनेता अर्जुन रामपालसहित अभिनेत्रीहरु दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र रिया चक्रवर्तीसँग सोधपुछ गरिसकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  ४ : ०४ बजे