चार नम्बरमा खुल्यो न्यू एलिसा मोबाइल सेन्टर, कार्तिक २३ गतेसम्म विशेष छुट !


मायादेवी अनलाइन, चार नम्बर ।
चार नम्बरमा न्यू एलिसा मोबाइल सेन्टरले आफ्नो सेवा सुरु गरेको छ । विगत लामो समयदेखि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ वैरियाबाट मोबाइलसम्बन्धि सेवा दिईरहेको एलिसाले नाम परिवर्तन गरेर अब न्यू एलिसा मोबाइल एण्ड टिभी फ्रिजको नाममा चार नम्बरबाट सेवा सुरु गरेको हो ।

आफ्नै सुविधासम्पन्न भवनमा सेवा विस्तारसहित सेवा सुभारम्भ गरेको एलिसाको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल र वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षत्रीले आइतबार रिवन काटेर उद्घाटन गर्नुभयो ।

उद्घाटनको क्रममा उहाँहरुले अब चार नम्बरबाट ग्राहकहरुले, मोबाइल, टिभी, फ्रिज सम्बन्धि गुणस्तरीय सेवा दिनेमा विश्वास व्यक्त गर्नु भयो । कोरोनाको कारण ब्यापार व्यवसायमा समस्या भइरहेको अवस्थामा पनि हिम्मत गरेर ब्यवसायमा लगानी गर्नु चुनौतिपूर्ण भए पनि राम्रो सेवा दिन सके कुनै समस्या नभएको पौडेल र क्षेत्रीले बताउनु भयो । युवाहरुले ब्यापारमा लगानी गर्न खुट्टा कमाउन नहुने पौडेलको भनाई छ ।

पसलका प्रोप्पाइटर विकास न्यौपानेले वैरियाभन्दा थप सेवा र सुविधासहित चार नम्बरबाट सेवा सुरु गरेकाले उद्घाटनको एक हप्ता अवधिभर ( कार्तिक २३ गते ) सम्म सबै सेवामा विशेष छुटको ब्यवस्था गरिएको बताउनु भयो ।

दक्ष टेक्निसियनसहित जुनसुकै कम्पनी र ब्राण्डका मोबाइलहरुको खरिदविक्रि र मर्मत, टिभी, फ्रिजसम्बन्धि सेवासहित पनि पाइने भएकाले ढुक्क भई सेवा लिन आउन ग्राहकलाई अनुरोध पनि गर्नुभएको छ । उहाँले आफूहरु डिस होमको आधिकारिक डिलर पनि भएकाले डिस होमको सेवा लिन पनि ग्राहकहरुलई भन्नु भएको छ । पछिल्लो समय बाणगंगाको मुटु चार नम्बरमा नयाँ नयाँ पसल खोल्ने र लगानी गर्नेहरु क्रमशः बढी रहेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस