८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

‘पारा’ गीतमा प्रयोग भएका शब्द विवादित भएपछि भिटेनले मागे माफी



काठमाडौँ ।

‘पारा’ गीतमा प्रयोग भएका शब्द विवादित भएपछि गीतका सर्जक भिटेनले माफी मागेका छन्। कात्तिक ८ गते भिटेन (समीर घिसिङ) को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत पाराको शब्दलाई लिएर आलोचना भएको थियो।

भिटेनले विज्ञप्ती सार्वजनिक गर्दै प्रकाशित म्यूजिक भिडियोले कतिपय निकाय प्रति ठेस पुग्न गउको भन्ने गुनासो आएकोले उक्त म्यूजिक भिडियोलाई आधिकारिक च्यानल भिटेन म्यूजिकबाट हटाइएको जानकारी दिइएको छ।

यस्तै विज्ञप्तीमा आपत्तिजनक ठानिएका शब्दहरुलाई संशोधन गरिएको र नयाँ भिडियो चाँडै निकाल्ने तयारी गरिएको पनि उल्लेख गरिएको छ। विज्ञप्तिमा सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडियोमा प्रयोग भएका शब्दहरुबाट पर्न गएको असुविधा र चोट प्रति क्षमा मागिएको छ। विज्ञप्तिमा पहिलाको गीत अरु च्यानलबाट अपलोड नगरिदिन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७७ आइतबार ००:००  २ : ३७ बजे