काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका छन्। केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो अवस्थामा रहेकोले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गरेका हुन्। आइतबार विज्ञप्ति निकालेर उनीहरूले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका…