वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ । र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् । उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न पठाइएको थियो ।