काठमाण्डौ । इंग्ल्याण्डको केन्टमा १ सय ४ वर्षकी महिलाले कोरोनालाई जित्नुभएको छ ।१ सय ४ वर्षकी ग्रेस ग्रीनवुडले अस्पलतालमा भर्ना नै नभई कोरोनालाई जित्नुभएको बीबीसीको खबरमा उल्लेख छ । उहाँ गएको तीन हप्तादेखि आफ्नो ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । श्वास फेर्नका लागिसमेत उहाँलाई समस्या भएको थियो । ग्रेसले निक्कै मुश्किल समय बिताएको परिवारका सदस्यले…