सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार बेलुका अचानक आगो लाग्दा उनी पूरै शरीर…