काठमाण्डौ । कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको ज्यान गएको छ । शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो । प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उहाँले बताउनुभयो ।…