३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

नहरमा युवकको शव फेला



कञ्चनपुर ।
कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयास्थित नहरमा बिहीबार युवकको शव फेला परेको छ। कृष्णपुर नगरपालिका घर भएका २१ वर्षीय सन्तोष पन्तको शव नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए। मृत्युबारे अनुसन्धान भइरहेको उनले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७६ बिहिबार ००:००  ४ : ५३ बजे