३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ



चितवन ।
बलात्कारको आरोपमा चितवनको माडी नगरपालिका–५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्मसिंह बिक पक्राउ परेका छन्। बिकलाई गत सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनले सोही ठाउँकै एक बालिकालाई पटकपटक बलात्कार गरेको आरोप छ। पीडित बालिकालाई विगत दुई वर्षदेखि आर्थिक प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक एकनारायण कोइरालाले बताए। बिकमाथि चितवन अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  ११ : ४० बजे