३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मृगलाई ताकेको गोली आफ्नै साथीलाई लाग्दा मृत्यु



उदयपुर ।
शिकार खेल्ने क्रममा साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार बेलुका एकजनाको ज्यान गएको छ। मंगलबार बेलुका करिब ६ बजेतिर मृग मार्न जंगल पुगेका स्थानीय ४५ वर्षीय अमृत राउतले चलाएको बन्दुकको छर्रा लागेर उनकै साथी सोही ठाउँका ४९ वर्षीय शंकर राउतको ज्यान गएको प्रहरीले जनाएको छ।
तीनजनाको समूहमा रहेका उनीहरुमध्ये अमृतले बन्दुक चलाउने र अन्य दुई शंकर र हरी बस्नेत मृग छेक्न साथीको रुपमा गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरीकृष्ण केसीले जानकारी दिए ।
दिउँसो शिकार खेल्न निस्किएका उनीहरु मृग मार्न नसकेपछि साँझपख बास बसेको मौकाछोपी जाने सल्लाहमा घर फर्किएका थिए,डिएसपी केसीले भने, बेलुका मृग आयो भनेर आवाज निस्किन साथ बन्दुक चलाउँदा साथीको ज्यान गयो ।
घटनापछि बन्दुक चलाउने अमृत फरार छन् भने बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले फरार रहेका अमृतको जंगलमा खोजी जारी राखेको छ। अनुसन्धानका क्रममा उक्त जंगल क्षेत्र वन्यजन्तुको आश्रय स्थल भएकाले दैनिक जसो ३-४ वटा समूह शिकार खेल्न जाने गर्छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  १२ : ०० बजे