७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

धान रोप्न गएकी आमालाई पछ्याएका ५ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

वीरगञ्ज । धान रोप्न गएकी आमालाई पछ्याउँदै गएका पाँच वर्षीय बालकको खोलामा डुबेर ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका कृष्ण ठाकुरको छोरा अकलेश ठाकुरको भेडाहा खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै जाने क्रममा भेडाहा खोलामा डुबी बालक ठाकुर सिकिस्त परेका थिए ।…