चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सबै काम स्थगित भएको छ । बुधबार रंगशाला निर्माण परिसरको जस्तासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एक विज्ञप्ती निकालेर सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्म सम्पुर्ण…