काठमाडौँ । काठमाडौँबाट चितवन जाँदै गरेको माइक्रो आज अपराह्न नागढुंगामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। यहाँको पिपलबोट नजिकबाट बा ३ ख ८६२९ नम्बरको माइक्रो २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। घाइतेको नामावली र अवस्था: सवारी चालक: अनिल तामाङ, उमेर ४३ वर्ष, जिल्ला नुवाकोट, ककनी गाउँपालिका–३…