काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान विशेष समिति गठन भएको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बनेको हो । समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र…