७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

महिनामै आगलागीबाट ११ जनाको मृत्यु, ६७ जना घाइते, ११० परिवार विस्थापित

काठमाडौँ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्। जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिए। घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ…