काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।…