एजेन्सी ।विजया दशमीमा मान्यजनबाट टीका ग्रहणपछि शिरमा सिउरिइने धान, गहुँ, मकै र जौका लामा आँकुरालाई जमरा भन्ने गरिन्छ । टीका ग्रहणपछि जमरा शिरमा राखिदिने चलन छ । घटस्थापनाका दिन पूजाकोठामा धान, गहुँ, मकै र जौ छरेर त्यसबाट टुसाएका आँकुरालाई देवीको प्रसादका रूपमा सिउरिने परम्परा छ । यो परम्परालाई नेपालीले मात्र अनुशरण गरेको पाइन्छ । नेपालीको बसोवास रहेका अन्य मुलुकमा…