ब्यावर (भारत) । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इन्जिनियरिङ सिकेर आफ्नो घर-परिवारमा उज्यालो र आशा फिर्ता ल्याउन सफल भएका छन् । खानीमा दशकौँसम्म काम गर्दा श्वासप्रश्वास बिग्रिने पुरानो रोग सिलिकोसिसबाट उहाँका पति ओछ्यानमै परेपछि, परिवारको भविष्य बचाउन सन्तोषले हातमा…