काठमाण्डाै । डेढ वर्षअघि चितवनको सिमलतालबाट त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा भेटिएको छ । २०८१ असार २८ गते काठमाण्डाैबाट गौरतर्फ गुडिरहेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाण्डाैतर्फ गुडिरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका थिए । ती दुईमध्ये गणपति डिलक्स…